काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने भदौ २१ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरी ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको छ । राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २० गते र २०८० भदौ १९ गते तोकिएको छ । राष्ट्र बैकका अनुसार यी ट्रेजरीहरू पुरानो नवीकरणअन्तर्गतका हुन् ।

