सेयर बजार घट्न छाडेन, कारोबार अर्बबाट करोडमा झर्यो

सेयर बजार घट्न छाडेन, कारोबार अर्बबाट करोडमा झर्यो


  • 7.3K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सेयर बजार घट्न छाडेन, कारोबार अर्बबाट करोडमा झर्यो

    काठमाडौं । सेयर बजारमा आज (सोमबार ) एकलअंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ४.२९ अंकले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ । नेप्सेमा  एकल अंकको  गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्तबाहेक सबै उपसूचकमा ओरालो लागेको छ । कारोबार रकम पनि एक अर्ब रुपैयाँबाट तल झरेको छ ।  

    images

    तर २४ लाख ४४ हजार ३३४ कित्ता सेयर आइतबार किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको थियो । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९ करोड ९६ लाख ९५ लाखको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७९ हजार र नबिल बैंकको ४ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।

    आज भने नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएको छ । सेयर कारोबार भएका मध्ये  ११६ कम्पनीको सेयर मूल्य घटेको जनाइएको छ । ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको भने स्थिर भएको छ । आज कारोबार भएकामध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.४३ प्रतिशतले वृद्धि भएको छ ।  

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको जनाइएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.५५ प्रतिशतले गिरावट भएको छ । यस्तै आशा लघुवित्तको सेयर मूल्य ३.६६ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.०४ प्रतिशतले गिरावट भएको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # गिरावट

  • तेस्रो आँखा