राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ


  • 7.8K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् ।  

    images

    सो अवसरमा उनले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा. रावलले बताए ।  

    कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो । 

    राष्ट्रपति भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न जुम्ला पुगेकी थिइन् । आज बिहान हेलिकोप्टरबाट जुम्ला पुगेकी हुन् । 

  • सम्बन्धित विषय:

  • # कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • तेस्रो आँखा