• ट्रेण्डिङ्ग :
पल शाहलाई साढे २ वर्षको कैद, पीडित बालिकालाई १० लाख क्षतिपूर्ति !

पल शाहलाई साढे २ वर्षको कैद, पीडित बालिकालाई १० लाख क्षतिपूर्ति !


  • 6.0K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    पल शाहलाई साढे २ वर्षको कैद, पीडित बालिकालाई १० लाख क्षतिपूर्ति !

    काठमाडौं । नवलपुर जिल्ला अदातलले अभिनेता पूर्णविक्रम (पल) शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेशसमेत दिएको छ ।

    images

    जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई यस्तो फैसला सुनाएको हो । तर बलात्कार मुद्दामा भने सफाइ दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, नवलपुरले शााहविरुद्ध अभियोग लैजाने क्रममा उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो । जिल्ला अदालतले त्यो अभियोगको साटो अर्को अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बलात्कारको आरोप पुष्टि हुन नसकेको, तर अर्को अभियोगमा उनी दोषी ठहर भएको बताए । बुधबार अबेर फैसला भएकाले पूर्णपाठ तयार भएको छैन ।