काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार नौ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा एक सय २८ जनामा र एक हजार आठ सय ८० जनाको एन्टीजेन परीक्षण गर्दा एक सय दुई जनामा कोरोना भाइरस देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ७८ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय पाँच रहेको छ ।
