चौबीस घण्टामा थपिए २२७ संक्रमित, एकजनाको मृत्यु

चौबीस घण्टामा थपिए २२७ संक्रमित, एकजनाको मृत्यु


  • 5.8K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    चौबीस घण्टामा थपिए २२७ संक्रमित, एकजनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हाजर पाँच सय १८ जनाको पिसिआर परीक्षण गर्दा एक सय ३७ जनामा र दुई हजार आठ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा कोरोना भाइरस देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको कारण एक जनाको मृत्यु भएको छ भने एक सय ६८ संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको सख्ंया दुई हजार चार सय ७३ रहेको छ । 

    23.jpg