• ट्रेण्डिङ्ग :
विज्ञ भन्छन्- बदलिँदो परिवेशमा पूर्वाधार लगानीको मागमा फरकपन देखियो

विज्ञ भन्छन्- बदलिँदो परिवेशमा पूर्वाधार लगानीको मागमा फरकपन देखियो


  • 4.5K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    विज्ञ भन्छन्- बदलिँदो परिवेशमा पूर्वाधार लगानीको मागमा फरकपन देखियो

    काठमाडौं । भौतिक विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकतामा परिवर्तन आएको यससँग सम्बन्धित विज्ञ एवं जानकारले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको 'नेपाल पूर्वाधार सम्मेलन २०२२' को पहिलो सत्रमा विज्ञहरूले बदलिँदो परिवेशमा पूर्वाधारको प्राथमिकता र त्यसको लगानीको मागमा फरकपन देखिएको बताएका हुन् । 

    images

    कोभिड महामारीले अहिलेसम्मका पूर्वाधार, त्यस्ता पूर्वाधार निर्माणमा अपनाइएका नमूना, सहभागिताजस्ता विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ । जलवायु परिवर्तन, सामाजिक बृहत्तर हित, सबै लाभान्वित हुने पूर्वाधारको दीर्घकालीन लक्ष्यका प्राथमिकता र प्रकृतिमा परिवर्तन आएसँगै यसले धेरै लगानीको माग गरेको जानकारको ठहर छ ।

    सीमित सरकारी स्रोत र साधनबाट राज्यका अन्य अनिवार्य दायित्व पूरा गर्नकै लागि अपर्याप्त हुँदै गएको समयमा सार्वजनिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको पनि सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ  तर यसका लागि सरकारले बनाउनुपर्ने नियामकीय व्यवस्था, निजी क्षेत्रको भरोसा जाग्ने वातावरण निर्माण गर्नु जरुरी रहेकामा जोड दिइएको छ ।

    अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भए पनि यसमा वृहत अध्ययन तथा अनुसन्धान, लक्ष्य निर्धारण, जोखिम तथा लाभको हेक्का राख्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)का वरिष्ठ आर्थिक सल्लाहकार अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको भनाइ छ  । भविष्यमुखी पूर्वाधार निर्माणमा नेपालले कदम चाल्नुपर्नेमा उनको जोड छ ।

    कोरोना महामारीकालमा एसियाली देशले एक दशमलव सात ट्रिलियन अमेरिकी डलरभन्दा बढी गुमाएको एसियाली विकास बैंकले अनुमान गरेको एडीबीका उपाध्यक्ष अशोक लभासा बताउँछन् । एकातिर महामारीको क्षति र अर्कोतिर आधुनिक पूर्वाधारमा गर्नुपर्ने लगानीको दबाब रहेकाले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिताको आवश्यकता बढ्दै गएको हो । पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता एसियाली क्षेत्रमा बढ्दै गएको उनको भनाइ छ । कोरोना महामारी कालमा एकातिर राजस्व घटेको र अर्कोतिर महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने खर्चका कारण नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । यही कारणले पनि नेपालले पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने उनको भनाइ छ ।

    पूर्वाधारमा हुने लगानी ठूलो रकममा हुने र यसको जोखिम पनि धेरै हुने तर हरेक आयोजनामा राजनीतिकरण हुने गरेको लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तको भनाइ छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी पनि  पूर्वाधार निर्माणमा लगानीका लागि स्रोतको अभाव तथा निजी क्षेत्रको अनिच्छा भन्दा पनि सरकारी नीति नियमकै कारण अवरोध भइरहेको बताउँछन् । नुमानयोग्य नीतिको अभावमा कयौँ पूर्वाधारका परियोजनामा असर परेको उनको भनाइ छ ।सार्वजनिक निजी साझेदारी (पिपीपी) मोडल पूर्वाधार निर्माणका लागि राम्रो भए पनि नेपालमा सफल हुन नसकेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको धारणा छ ।