• ट्रेण्डिङ्ग :
‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले किन दिएनन् शो ?

‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले किन दिएनन् शो ?


  • 6.0K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    ‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले किन दिएनन् शो ?

    काठमाडौं । नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ती जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ती जनाएको हो । 

    images

    पत्रकार सम्मेलनमा फिल्म निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको भन्दै आपक्ति जनाएका छन् । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफुले केही पत्ता नपाएको उनले बताए । उनले भने,‘मैले फिल्म बनाएपनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो की । हामीले समाज र परिवारको कुरा गर्छौ, त्यो कुराप्रति संवेदनशिल हिनता हो यो, यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।’

    फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको समेत स्पष्ट पारे । उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो पोखे । निर्माता आकाश पौडेलले फिल्म भोलि रिलिज हुने भनेपनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएको बताएका छन् । उनले भने, ‘साथीभाईहरुले शो को समय सोधेपनि हामीसँग कुनै जवाफ छैन् ।’ ६० वर्ष अघि नेपाली फिल्मको सुरुवात भएपनि उद्योगको अवस्था जहाँको त्यही रहेको उनको भनाइ थियो । सो फिल्म धेरै दुख गरेर निर्माण गरेको उल्लेख गर्दै यस्तै समस्याले चलचित्र उद्योगको अवस्था झन् खस्कने टिप्पणी गरे । 

    फिल्म निर्माता प्रविन स्याङ्बोले फिल्म उद्योगले क्षेत्रका सबै व्यक्तिहरुलाई राखेर खुल्ला छलफल गर्नुपर्ने बेला आएको धारणा राखेका छन् । उनले भने,‘हामी निर्माताहरुले लिने रोडम्याप के हो ? त्यसबारेमा स्पष्ट हुनुपर्यो, यसबारे अहिल्यै जानकारी पाए अर्को फिल्म निर्माणमा सहयोग हन्छ ।’ कास्टिङ निर्देशक केदार श्रेष्ठले फिल्मलाई कम्तिमा पनि एक सिनेमा हलमा एक शो मात्र भए पनि दिनुपर्ने बताएका छन् । अहिले आफुहरुले भोगेको समस्या एउटा फिल्मको मात्र नभएर समग्र फिल्म क्षेत्रको हिसाबले बुझ्न पर्ने उनको भनाइ थियो ।  उनले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र क्षेत्रले गर्व गर्न सक्ने बनाएको समेत दाबी गरे । 

  • सम्बन्धित विषय:

  • # ऐना झ्यालको पुतली

  • तेस्रो आँखा
    लेखकबाट थप