• ट्रेण्डिङ्ग :
देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा


  • 7.4K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

    काठमाडौं । फिल्म हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको छ ।

    images

    बिहीबार बसेको संघको कार्यसमिति बैठकले आफूहरूमाथि भएका सबै प्रकारका आरोप एवं विरोधविरुद्ध आन्दोलनमा जाने निर्णय गर्दै संकेतस्वरुप हलहरू बन्द गर्ने निर्णय गरेको हो ।  

    संघले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको जानकारी दिएको छ । नेपाली चलचित्र क्षेत्रका संघसंस्थाहरूले चलचित्र प्रदर्शनको सम्बन्धमा बिहीबार मात्रै विज्ञप्ति जारी गरेका थिए । उक्त प्रेस विज्ञप्ति आएपछि चलचित्र संघ आन्दोलनमा जाने निर्णयमा पुगेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप