काठमाडौं । पन्त फिल्म प्रोडक्सनको निर्माणमा तयार फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरले सोसियल ड्रामा देखाउँछ । ग्रिनकार्ड, विदेश यात्रा र पैसाको कुरा फिल्मले जोडेको भान ट्रेलरले दिएको छ । ट्रेलरमा कमेडीपनि उत्तिकै जोडिएको छ । फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् । असोज २८ मा यो फिल्म दर्शकमाझ आउनेछ ।
समसामयिक बिषयमा निर्माण गरिएको भनिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । सन्तोष पन्त र साकार पन्त फिल्मका निर्माता हुन् । यो फिल्मको यसअघि कोरोनाका कारण पटक पटक रिलिज तोकेर पोस्टपोण्ड भएको थियो ।
