काठमाडौं । एस. पी. सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक भएको छ ।
बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो कर्म एस.पी. सापकोटा युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।
गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।
