• ट्रेण्डिङ्ग :
रिहा भए कमेडियन अपूर्व क्षितिज

रिहा भए कमेडियन अपूर्व क्षितिज


  • 5.6K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    रिहा भए कमेडियन अपूर्व क्षितिज

    काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा बिहीबार रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । काठमाडौं प्रहरीले उनलाई रिहा गर्न वकिल कार्यालयसँग राय मागेको थियो । 

    images

    जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । 

    बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । नेवा: समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

  • सम्बन्धित विषय:

  • # रिहा भए कमेडियन अपूर्व क्षितिज

  • तेस्रो आँखा