चौबीस घण्टामा थप १५२ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्यु

चौबीस घण्टामा थप १५२ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्यु


  • 5.9K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    चौबीस घण्टामा थप १५२ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप एक सय ५२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ५२ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयले जनाएको छ । 

    एक हजार एक सय ८६ जनाको पिसिआर परीक्षण गर्दा एक सय १० जनामा र दुई हजार एक सय आठ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोराना भाइरसको कारण दुई जनाको मृत्यु भएको छ भने एक सय ३३ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार चार सय ४८ रहेको छ । 

    24.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप