चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय फिर्ता लियो

चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय फिर्ता लियो


  • 5.8K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय फिर्ता लियो

    काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।

    images

    बलिउड फिल्म ‘ब्रह्मास्त्रु’ सेन्सर नभएपछि बिहीबारसम्म नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । नेपाली फिल्मको टिकट बुकिङ खुला नभएपछि चौतर्फी विरोध भयो । व्यवसाय नै संकटमा परेको भन्दै संघले सोमबार हल बन्द गर्ने निर्णय थियो ।

    शुक्रबार नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच भएको वार्तामा हल बन्द गर्ने निर्णय फिर्ता लिइएको हो ।

    Notice.jpg 

  • सम्बन्धित विषय:

  • # नेपाली फिल्म

  • तेस्रो आँखा
    लेखकबाट थप