काठमाडौं । कबड्डी ४ पछी नेपाली चलचित्रका निर्माता र प्रदर्शकहरु चलचित्रको व्यापारलाई लिएर दिक्क भएका थिए । साे समयमा व्यापारिक हिसाबले चलचित्र असफल भए । केहि चलचित्रले हलमा केहि हदसम्म दर्शक तान्न सफल भए पनि उत्साहजनक सहभागिता थिएन ।
ठुलो लडाईकाबीच प्रकाशले हलमा केहि दर्शक तान्न सफल भयो । भदौ १७ गतेबाट रिलिज भएका दुई रिलिज चलचित्र ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ को प्रतिष्पर्धात्मक मैदानमा दर्शक हलमा आउने नआउने अन्यौलता कायम नै रहेको थियो । रिलिजको दुई दिनसम्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ मा दर्शकको सम्मानजनक उपस्थिति रहेको थियो ।
तर वर्ड अफ माउथको बलियो प्रभावका कारण चलचित्र ‘झिंगे दाउ’ व्यापारमा अब्बल देखिएको छ । रिलिजको दोश्रो सातामा पनि चलचित्रले प्राय हाउसफुल व्यापार गरिरहेको छ । व्यापारिक आंकडाको हिसाबले निर्माण टिमले २ करोड बराबरको व्यापार गरिसकेको छ । बलिउडको प्रतिक्षित चलचित्र ‘ब्रम्हास्त्र’ ले मल्टिप्लेक्स चेनमा अत्याधिक शोज पाउँदा पानी झिंगेदाउले सम्मानजनक शो पाएको छ ।
असोज ७ गते रिलिज हुने प्रेमगीत ३ अगाडी दर्शकको उत्साह रहेका चलचित्र नभएको कारणले चलचित्रको व्यापार अहिलेको आंकडा भन्दा दोब्बर पुग्ने आंकलन गरिएको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्र हेर्न हरेक उमेर समुहका व्यक्तिको उपस्थती देखिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा हिउँवाला गौतम, केकी अधिकारी, आंचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, संगम भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
