काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप एक सय चार जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा तीन हजार पाँच सय ८७ जनाको नमुना परीक्षण गर्दा एक सय चार जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार पाँच सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा र एक हजार नौ सय ९५ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना भाइरस देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय एक जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १६ रहेको छ ।

