काठमाडौं । भृकुटीमण्डपमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो जारी छ। एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी स्टल छन्। उत्पादकहरुले चाडपर्वलाई लक्षित गर्दै एक्स्पो अवलोकनकर्तालाई विभिन्न अफरहरु ल्याएका छन्। यहाँ प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको छ। अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर ‘डिजी पे’मार्फत प्रवेश पास पाउन सकिनेछ।

किचन,बेडरूम, बाथरूम,आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणको रुपमा रहेको छ। कार्पेट, पर्दा, म्याट्रेस,डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोमा महत्वपूर्ण आकर्षण भएको आयोजकले जनाएको छ ।







तस्बिरहरु : चिरन भण्डारी/तेस्रो आँखा
