काठमाडौं । सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ताेलाकाे ९३ हजार ६ सय रुपैयाँ ताेकिएकाे छ ।
आइतबार सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
