काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप एक सय ७९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा चार हजार नौ सय ५९ जनाको नमुना परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार छ सय जनाको पिसिआर परीक्षण गर्दा एक सय २७ जनामा र दुई हजार तीन सय ५९ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने एक सय ७१ संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ७१ रहेको छ ।

