चौबीस घण्टामा २०३ जनामा कोरोना पुष्टि, १२६ जना निको

चौबीस घण्टामा २०३ जनामा कोरोना पुष्टि, १२६ जना निको


  • 5.6K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    चौबीस घण्टामा २०३ जनामा कोरोना पुष्टि, १२६ जना निको

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय तीन जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार तीन सय पिसिआर परीक्षण गर्दा ८७ जनामा र तीन हजार सात सय ५९ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १६ जनामा कोरोना देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने एक सय २६ संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ३२ रहेको छ । 

    28.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप