• ट्रेण्डिङ्ग :
नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेंगु पुष्टि, सतर्कता अपनाउन सरकारको आग्रह

नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेंगु पुष्टि, सतर्कता अपनाउन सरकारको आग्रह


  • 6.3K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेंगु पुष्टि, सतर्कता अपनाउन सरकारको आग्रह

    काठमाडौं । नेपालमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् । हालसम्म ११ हजार ६५ जनामा डेंगु देखिएको छ।  डेंगुको संक्रमित बढ्न थालेपछि सरकारले सचेतनासम्बन्धि कामलाई प्राथमिकतामा राखेको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको उनको भनाइ छ।' डेंगु संक्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ।

    जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ,' राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ ।

    डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत राज्यमन्त्री केसीले आग्रह गरेका छन्।'डेंगुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ,'अपिलमा उल्लेख छ। मन्त्रालयले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।