चौबीस घण्टामा ११९ जनामा कोरोना पुष्टि, १३० संक्रमित निको 

चौबीस घण्टामा ११९ जनामा कोरोना पुष्टि, १३० संक्रमित निको 


  • 5.7K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    चौबीस घण्टामा ११९ जनामा कोरोना पुष्टि, १३० संक्रमित निको 

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप एक सय १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार ८४ जनाको नमुना परीक्षण गर्दा एक सय १९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार नौ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा र दुई हजार एक सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने एक सय ३०  संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार एक सय ९१ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप