• ट्रेण्डिङ्ग :
डेढ महिनापछि तातोपानी र रसुवागढी नाका खुल्यो

डेढ महिनापछि तातोपानी र रसुवागढी नाका खुल्यो


  • 6.6K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    डेढ महिनापछि तातोपानी र रसुवागढी नाका खुल्यो

    काठमाडौं । डेढ महिनादेखि बन्द रहेका चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् ।

    images

    रसुवागढी नाका भएर बिहीबार बिहान सात कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई कन्टेनर भित्रीएको भन्सार कार्यालयले जनाएको छ ।

    बिहीबार बिहान नाकाबाट सात कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

    तातोपानी नाकाबाट दैनिक कति कन्टेनर नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।