काठमाडौं । साताको पाँचौं कारोबारको दिन (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । दुई दिनसम्म बढेको बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको हो । बिहीबार ५७ अकं नेप्से घट्दै १,९२४.४८ विन्दुमा रोकिएको छ ।
सेयर बजार घटे पनि बिहीबार कारोबार रकममा भने सुधार आएको छ । केही दिनयता करोडमा झरेको कारोबार यस दिन दुई अर्बमाथि पुगेको छ । २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये बिहीबार दुई कम्पनीको सेयरमूल्य भने बढेको छ ।
जीवन बिमा समूहको सूचक एक सय ७७ दशमलव १२ अंकले घटेर नौ हजार एक सय ३२ दशमलव ७९ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक उच्च अंकले घटेका छन् ।
आज सिटिजन्स म्युचुअल फन्ड-२ को सेयरमूल्य बढेको छ । कारोबारका हिसाबले बिहीबार दिन लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको सबैभन्दा बढी गिरावट भएको छ ।
