काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप एक सय २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जम्मा तीन हजार ७९० जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनामा र दुई हजार एक सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने एक सय ३७ संक्रमित निको भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार एक सय २९ रहेको छ ।
