काठमाडौं । युरोपका देशमा घरेलु कामदारका रूपमा जानेहरूले अनिवार्य रूपमा तालिम लिनै पर्ने भएको छ । साइप्रस,रोमानिया लगायतका देशहरूमा जानेले अनिवार्य रूपमा तालिम लिनु पर्ने भएको हो । कतिपयले अहिले तालिम नै नलिई गएको पाइएको भन्दै विभागले सचेत हुन आग्रह गराएको छ ।
वैदेशिक रोजगारीमा जानुपूर्व घरेलु कामदारले अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि २०७० बमोजिम कम्तीमा ३० कार्य दिनको तालिम अनिवार्य लिनु पर्ने नियम उल्लेख छ। तर साइप्रस, रोमानिया लगायतका देशमा तालिम नै नलिएका श्रमिकहरू पठाउने गरेको विभागले जनाएको छ ।
तालिम नै नलिई सूचिकृत म्यानपावर व्यवसायीले नै कामदार पठाउने गरेका उजुरीहरू विभागमा परेका छन् । नियमअनुसार तालिम दिएर मात्र श्रमिकलाई घरेलु काममा पठाउन विभागले निर्देशन दिएको छ ।
