१४ अंकले झरेको नेप्से १,९१० विन्दुमा !

१४ अंकले झरेको नेप्से १,९१० विन्दुमा !


  • 5.7K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    १४ अंकले झरेको नेप्से १,९१० विन्दुमा !

    काठमाडौं । सेयर बजारको ओरालो यात्राले शुक्रबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन (बिहीबार) ५७ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पुन: १४ दशमलव एक अंकले घटेर १९ सय १० दशमलव ३८ विन्दुमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले घटेर तीन सय ७१ दशमलव ९० विन्दुमा झरेको छ ।

    images

    नेप्सेमा १३ उपसमूहका दुई सय २० कम्पनीको सेयर खरिद-बिक्री भएका छन् । जसबाट १८ हजार पाँच सय ३१ पटकको कारोबारमा २९ लाख १६ हजार दुई सय ७१ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट शुक्रबार कुल कारोबार रकम ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुगेको छ ।

    नेप्सेमा शुक्रबार कारोबार भएका कुल उपसमूहमध्ये सामूहिक लगानी उपसमूहको सूचक बढेर बाँकी १२ वटैका सूचक उच्च अंकले घटेका छन् । नेप्सेमा बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नबिल ब्यालेन्स फन्डको प्रतियुनिट सेयर मूल्य सात दशमलव ८७ प्रतिशतले बढेर नौ रुपैयाँ ६० पैसामा कारोबार भएको छ । तर मिर्मिरे माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५९ प्रतिशतले घटेर नौ सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।