• ट्रेण्डिङ्ग :
व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस् : मदनकृष्ण श्रेष्ठ

व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस् : मदनकृष्ण श्रेष्ठ


  • 9.0K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस् : मदनकृष्ण श्रेष्ठ

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् ।  आज काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उनले आग्रह गरेका हुन् ।  

    images

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ कलाकार श्रेष्ठले नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उनलाई शुभकामना दिए ।

    सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताए । उनले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिए ।


    तेस्रो आँखा