यस वर्षको बाल सहभागिता सम्मान तिलोत्तम पौडेललाई

 यस वर्षको बाल सहभागिता सम्मान तिलोत्तम पौडेललाई


  • 6.3K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.7K Views

     यस वर्षको बाल सहभागिता सम्मान तिलोत्तम पौडेललाई

    काठमाडौं ।  बाल सहभागिता सम्मान यस वर्ष अधिकारकर्मी तिलोत्तम पौडेललाई प्रदान गरिएको छ  । बाल सहभागितामा कार्यरत संस्थाको साझा समूह  नेपालले हरेक वर्ष प्रदान गर्दै आएको छ 

    images

    बाल्यकालदेखि बालअधिकार र बाल सहभागिताका क्षेत्रमा क्रियाशील बालमैत्री अभियन्ता पौडेललाई सञ्जालको सो संस्थाको वार्षिक साधारणसभा तथा बाल दिवसको अवसरमा शुक्रबार उक्त सम्मान राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदान गरेका थिए।

    विसं २०५५ माघ ४ गते १७ वर्षको उमेरमा संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअनुसार नागरिकताबिना बाल संस्थाको कानुनी मान्यताको माग गर्दै पौडेलले सर्वोच्च अदालतमा नवलपरासीको जागृति बाल क्लबका तर्फबाट रिट दायर गरेका थिए । 

    उक्त रिटमाथि २०५८ साउन २५ गते बाल संस्थाको कानुनी मान्यताको पक्षमा फैसला भएपछि नेपालमा बाल क्लब गठन हुने क्रम बढेका थिए । कन्र्सोटियमका अध्यक्ष मोहन दङ्गालले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमिक व्यवस्था हुन थालेको स्मरण गर्दै पौडेललाई सम्मान गरिएको बताए ।

    पौडेल हाल जागृति बाल तथा युवा सरोकार नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्को कार्यकारी सदस्यको रुपमा सामाजिक क्षेत्रमा क्रियाशील छन्  ।