• ट्रेण्डिङ्ग :
धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन (सुचनासहित)

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन (सुचनासहित)


  • 5.2K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन (सुचनासहित)

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी  (ब्रोकर)को अनुमतिपत्रका लागि आवेदन माग गरेको छ ।  

    images

    बोर्डले गोरखापत्रमा प्रकाशित गरेको सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको हो । 
    धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

    धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डले सूचना निकालेको हो ।

    020418265Sebon1.jpg

    020423606sebon2.jpg

    020427461sebon3.jpg


    तेस्रो आँखा