काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदी दुवैको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
अस्ति (शुक्रबार) एक हजार रुपैयाँले घट्दै छापावाल सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । आज (आइतबार) भने छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढ्दै ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । गत बिहीबार भने प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, महासंघका अनुसार तेजाबी सुन पनि प्रतितोला तीन सय रुपैयाँले बढ्दै ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन अस्ति (शुक्रबार) भने ९१ हजार रुपैयाँमा करोबार भएको थियो । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढ्दै १,१८५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार भने बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै १,१७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

