• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • 4.4K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सोमबार (आज) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    images

    आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै आज सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको छ। 

    हिजो आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। हिजो छापावाला सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको महाशाखाले जनाएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको  मूल्य

  • तेस्रो आँखा