• ट्रेण्डिङ्ग :
भृकुटीमण्डपमा दसैंलक्षित डीजी पे स्टक क्लियरेन्स मेला, ५० प्रतिशतसम्म छुट पाइने

भृकुटीमण्डपमा दसैंलक्षित डीजी पे स्टक क्लियरेन्स मेला, ५० प्रतिशतसम्म छुट पाइने


  • 5.2K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    भृकुटीमण्डपमा दसैंलक्षित डीजी पे स्टक क्लियरेन्स मेला, ५० प्रतिशतसम्म छुट पाइने

    काठमाडौं । दसैंका अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डीजी पे स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो । 

    images

    बजारको तुलनामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । ‘एकै छानामुनि सुपथ मूल्यमा आमउपभोक्तालाई दसैंको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,’ प्रधानले भने । नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ ।  

    प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डीजी-पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैं विशेष छुट पाउनेछन् । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए । 

    मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामग्री सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्यान्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यकताअनुसारका सामान राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,’ प्रधानले भने ।

    दसैंको किनमेलका लागि बजारमा उपभोक्ता धेरै भौंतारिनुपर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गरिएको उनको भनाइ छ । असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्टक क्लियरेन्स मेला

  • तेस्रो आँखा