• ट्रेण्डिङ्ग :
चौबीस घण्टामा थपिए ९१ संक्रमित, सक्रिय संक्रमितको संख्या १,७४०

चौबीस घण्टामा थपिए ९१ संक्रमित, सक्रिय संक्रमितको संख्या १,७४०


  • 4.8K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    चौबीस घण्टामा थपिए ९१ संक्रमित, सक्रिय संक्रमितको संख्या १,७४०

    काठमाडौं । देशभर पछिल्लो चौबीस घण्टामा कोरोनाका ९१ संक्रमित थपिएका छन् । तीन हजार नौ सय २४ जनाको नमुना परीक्षणमा ९१ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    images

    पछिल्लो चौबीस घण्टामा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार पाँच सय ६० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ४० जना छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने एक हजार दुई सय १६ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल कुल सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९

  • तेस्रो आँखा