महिला फुटबल
महिला राष्ट्रिय टोलीका ३ सदस्यले संन्यास लिने

महिला राष्ट्रिय टोलीका ३ सदस्यले संन्यास लिने


  • 5.4K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    महिला राष्ट्रिय टोलीका ३ सदस्यले संन्यास लिने

    सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् । पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् ।  त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।  

    काठमाडौं । घरेलु मैदानमा नै आयोजना भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बन्यो । प्रतियोगिता समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट संन्यास घोषणा गरेका छन् । 

    images

    संन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् । पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् । 

    त्यसैगरी दीपा राईले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनसिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।  

    त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । 

    उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए । साफ च्याम्पियनसिपका विजेतालाई एन्फा अध्यक्ष नेम्वाङ र राखेपका सदस्य-सचिव घिसिङलगायतले पुरस्कारसमेत प्रदान गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल

  • तेस्रो आँखा
    लेखकबाट थप