काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा तीन हजार ५१२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार पाँच सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ३९ जनामा र एक हजार ९७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन । एक सय ६० संक्रमित निको भएका छन् । नेपालमा हाल एक हजार ६१९ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

