कोभिड-१९ अपडेट
कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत !

कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत !


  • 4.5K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत !

    काठमाडौं । देशका १३ जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाँची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् ।

    images

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

    देशभर एक सय ६० कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो दर ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय १९ पुगेको छ । यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आईसीयू) मा १९ जनाको उपचार भइरहेको छ ।

    चौबीस घण्टामा थपिए ७४ संक्रमित, १६० जना डिस्चार्ज

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा