• ट्रेण्डिङ्ग :
अर्थतन्त्र
ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग 

ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग 


  • 5.0K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग 

    काठमाडौं ।  बैंक वित्तिय संस्थाहरूद्वारा असोज एकदेखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले  आपत्ति जनाएको छ । कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएको जनाउँदै सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय संस्थाहरूको महासंघले ध्यानाकर्षण गराएको हो ।

    images

    बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रा स्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ । अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको महासंघले जनाएको हो ।

    संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्ने समेत जनाइएको छ।

    तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि छ ।

    यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन  गर्न सकिने बताउँदै अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले सरोकारवालासँग माग गरेको हो । 

  • सम्बन्धित विषय:

  • # ब्याजदर

  • तेस्रो आँखा
    लेखकबाट थप