झन्डै १० अंकले झरेको नेप्से १८३८ विन्दुमा सीमित

झन्डै १० अंकले झरेको नेप्से १८३८ विन्दुमा सीमित


  • 6.7K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    झन्डै १० अंकले झरेको नेप्से १८३८ विन्दुमा सीमित

    काठमाडौं । अघिल्लो दिन (बुधबार) ११ दशमलव १९ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने झन्डै दोहोरो अंकले घटेको छ । बिहीबार नौ दशमलव ८३ अंकले नेप्से घट्दा १,८३८ दशमलव ९६ विन्दुमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले घटेर तीन सय ५९ दशमलव ४३ अंकमा झरेको छ ।

    images

    २२९कम्पनीको १७ हजार नौ सय ६४ पटकको कारोबारमा २५ लाख ४२ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार बिहीबार कारोबार रकम ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ रुपैयाँ ४२ पैसामा सीमित भएको छ ।

    नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा सबै समूहको सूचक घटेको छ । राताम्मे बनेको नेप्सेमा वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २२ अंकले घटेर १२ सय ८१ दशमलव नौ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक भने २७ दशमलव ३५ अंकले घटेर ३२ सय ४९ दशमलव ८१ अंकमा झरेको छ । 

    नेप्सेमा बिहीबार सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ३१ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेर नौ सय आठ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार

  • तेस्रो आँखा