काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जम्मा तीन हजार २४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार दुई सय ६ जनाको पिसिआर परीक्षण गर्दा ४० जनामा र एक हजार आठ सय १८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने सयजना संक्रमित निको भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार दुई सय २३ रहेको छ ।
