चौबीस घण्टामा ५३ जनामा कोरोना, संक्रमण दर घट्दै  

चौबीस घण्टामा ५३ जनामा कोरोना, संक्रमण दर घट्दै  


  • 6.4K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    चौबीस घण्टामा ५३ जनामा कोरोना, संक्रमण दर घट्दै  

    काठमाडौं । कोरोना भाइरसको संक्रमण दर घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक  गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । 

    सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं रहेको छ । यस्तै १४ जिल्लामा संक्रमितको संख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् । 

    यस्तै, होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियु)मा १०  जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।