डे‌गु अपडेट
डेंगुका कारण ३२ को मृत्यु ,२५ हजार ५ सय संक्रमित 

डेंगुका कारण ३२ को मृत्यु ,२५ हजार ५ सय संक्रमित 


  • 7.8K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    डेंगुका कारण   ३२ को मृत्यु ,२५ हजार ५ सय संक्रमित 

    काठमाडौं । नेपालमा डेंगु संक्रमण हुने दर झन् बढ्दै गएको छ । संक्रमण दरका साथै मृत्यु हुने दर पनि बढेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतवार एकै दिन एक हजार ५१ जनामा डेंगु पुष्टि भएको छ । 

    images

    शनिवार बेलुकीसम्म २४ हजार ४ सय ९२ जना डेंगुका बिरामी भेटिएका छन् । आइतबार बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार पाँच सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।  

    पछिल्लो एकैदनि डेंगुका कारण तीन जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म साढे दुई महिनाको अवधिमा नेपालमा डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । 

    देशका ७६ जिल्लाहरु आजभोलि डेंगुको उच्च जोखिममा छन् । डेंगु सबैभन्दा बढी राजधानी सहर काठमाडौंमा देखिएको छ । विरामीको दर र मृत्यु हुनेको संख्या पनि काठमाडौंमै बढी छ । 

    काठमाडौंमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ६ हजार दुई सय १८ संक्रमित छन् । यस्तै भक्तपुरमा आठ सय ८१ छ ।  

    उपत्यकाबाहिर भने मकवानपुरमा सबैभन्दा धेरै संक्रमित छन् । यहाँ दुई हजार दुई सय ७५ जनामा संक्रमण भएको तथ्यांक छ । धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेंगु पुष्टि भएको छ ।