काठमाडौं । राष्ट्रिय साधना म्युजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्युजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ सम्पन्न भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा एक विशेष समारोहबीच सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरूले अवार्ड ‘रिवार्ड’ प्राप्त गरेका थिए ।
समारोहमा गायक तथा सङ्गीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । उनले आफ्ना गीत सङ्गीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् ।
त्यस्तै साहित्यकार नवराज लम्साललाई दीर्घ साहित्य सम्मान अर्पण गरियो भने गायिका देबिका बन्दनालाई ‘सङ्गीत रत्न सम्मान’ बाट सम्मानित गरिएको थियो । त्यस्तै, गीतकार बि पाण्डेलाइ बरिष्ट स्रस्टा सम्मान २०७९ प्रदान गरिएको थियो भने पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो ।
विगतका वर्षमा उत्कृष्ट कलाकारलाई प्रमाणपत्र र अवार्ड प्रदान गरिंदै आएको यस अवार्ड तेस्रो संस्करणमा आइपुग्दा कलाकारले प्रमाणपत्र र ट्रफीका साथमा नगदसमेत प्राप्त गरेका थिए । अवार्ड विजेता सबै कलाकारलाई पाँच हजार प्रदान गरिएको थियो । यसरी कलाकारलाई अवार्डको साथमा नगद प्रदान गरिएको यो नै पहिलो कार्यक्रम हो ।
सामना क्रियसनकी अध्यक्ष सामना शाह, पूर्वसभामुख कृष्णबहादुर महराको उपस्थिती लगायतको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो ।
अवार्ड रिवार्ड जित्न सफल बिजेताहरू
१. उत्कृष्ट राष्ट्रिय भावको गीत – सन्तोष श्रेष्ठ खोजीरहेछ देशले
२. उत्कृष्ट लोक गीत( चेतन गोतामे – मेरी आमा
३. उत्कृष्ट लोकदोहोरी शब्द – शिब हमाल – भीरमा सेती गाई
४. लोकदोहोरी संगीत(प्रसाद लामिछाने – मीर्सी खानेलाई
५. उत्कृष्ट गायक( प्रकाश पराजुली )
६. उत्कृष्ट गायिका( पूर्णकला बिसी सनिसार )
७. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (महेन्द्र गौतम( कसको अनुमती)
८. उत्कृष्ट लोकदोहोरी मोडल महिला (सरस्वती खत्री( रेलको बाटो /फिमेल भर्सन)
९. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष डान्स (ओबी रायमाझी / रमरम मरौटी)
१०. लोकदोहोरी मोडल महिला डान्स (आयुष्मा कार्की (घर कता हो बैनीको)
११. उत्कृष्ट निर्देशक लोकदोहोरी (बबिता श्रेष्ठ( यति सोध्न मन छ)
१२. उत्कृष्ट गीतकार आधुनिक( लोकराज अधिकारी (भन्नुहुन्थ्यो बाले)
१३. उत्कृष्ट संगीत आधुनिक पप( सन्तोष केसी( तिम्रो नाममा धड्किन्छ यो मुटु
१४. उत्कृष्ट गायक आधुनिक पप( चिरन्जीवी भण्डारी( मन त यो हरामी
१५. उत्कृष्ट गायिका आधुनिक पप (रिता केसी/ तिमी पनि हरायौ )
१६. उत्कृष्ट मोडल आधुनिक पप (पुरुष) बिक्रम बुढाथोकी( रुवाउने हजार
१७. उत्कृष्ट मोडल आधुनिक पप (महिला) निरुता शाही (आधी रात)
१८. उत्कृष्ट निर्देशक आधुनिक पप( देबेन्द्र पाण्डे (गाउँले ठिटो)
१९. उत्कृष्ट छायाँकार आधुनिक पप( शम्भु चालिसे/मुटु खाने माया)
२०. उत्कृष्ट भिडियो सम्पादक आधुनिक पप (सुजन शाही/मुटु खाने माया)
२१. उत्कृष्ट एरेन्जर आधुनिक पप (डोलराज बाह्रघरे- के भर अर्काको)
२२. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक ( बालचन्द्र बराल)
२३. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका ( सपना रोका)
२४. जुरी अवार्ड गायक - रमेशराज भट्टराई (भन साईंला)
२५. जुरी अवार्ड संगीतकार - रोषन सिंह( तिमीलाई नोटले बदल्यो)
२६. पब्लीक च्वाइस अवार्ड गीतकार - रामचन्द्र ढकाल (माया छरेर माया फरार)
