काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ५४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन हजार ८२९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार सात सय २९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा र दुई हजार एक सयजनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ७६ संक्रमित निको भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार एक सय ४४ रहेको छ ।
