दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६६ करोडमै सीमित

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६६ करोडमै सीमित


  • 6.1K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६६ करोडमै सीमित

    काठमाडौं । सेयर बजार परिसूचक उकालो लागेको छ । यसअघि ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन अर्थात् आज (मंगलबार) भने १५ दशमलव ९२ अंकले उकालो लागेर १८ सय ३१ दशमलव पाँच अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव १४ अंकमा चढेको छ ।

    images

    १३ उपसमूहअन्तर्गत मंगलबार २२९ कम्पनीको सेयर खरिद-बिक्री भएका छन् । जसबाट १६ हजार आठ सय २३ पटकको कारोबारमा २१ लाख सात हजार सात सय ४२ कित्ता सेयर खरिद-बिक्री हुँदा कारोबार रकम ६६ करोड ३० लाख १३ हजार रुपैयाँमै सीमित भएको छ ।

    नेप्सेमा मंगलबार कारोबार भएका कुल उपसमूहमध्ये होटेल तथा पर्यटन र सामूहिक लगानी कोष उपसमूहको सूचक ओरालो लागेर बाँकीको सूचक उकालो लागेका छन् ।

    नेप्सेका अनुसार कारोबार भएकामध्ये रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । यसको दुई करोड ८५ लाख ३१ हजार चार सय ४७ रुपैयाँबराबरको कारोबार भयो । यस्तै सामुदायिक लघुवित्त नौ दशमलव ९७, अभियान लघुवित्त ६ दशमलव शून्य सात, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी ६ दशमलव शून्य तीन, हिमालयन पावर पार्टनर पाँच दशमलव ९९ र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले पाँच दशमलव ७१ प्रतिशतले कमाएका छन् ।

    त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्र १०, एभरेष्ट बैंकको ऋणपत्र पाँच दशमलव ८८, समालिङ पावर चार दशमलव ६८, वेस्ट फाइनान्स कम्पनी तीन दशमलव ६४ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार

  • तेस्रो आँखा