• ट्रेण्डिङ्ग :
नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट
सरकारसँगको सहकार्यमा हरित हाइड्रोजन उत्पादन गर्दै एनआरएनए, निजी लगानीलाई आकर्षित गरिने

सरकारसँगको सहकार्यमा हरित हाइड्रोजन उत्पादन गर्दै एनआरएनए, निजी लगानीलाई आकर्षित गरिने


  • 4.4K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    सरकारसँगको सहकार्यमा हरित हाइड्रोजन उत्पादन गर्दै एनआरएनए, निजी लगानीलाई आकर्षित गरिने

    काठमाडौं । नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले हाइड्रोजन समिट आयोजना हुन लागेको हो । यही असोज २४ र २५ गते 'नेपाल ग्रिन हाइड्रोजन समिट (एनएचजीएस)' मा हरित हाइड्रोजनसम्बन्धी बृहत् सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जनाइएको हो । 

    images

    एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा आयोजना गर्ने सम्मेलनले हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्यसमेत लिएको छ । ताहाचलस्थित होटल सोल्टी काठमामाडौंमा आयोजना हुने सम्मेलनको मुख्य नारा 'नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट' रहेको छ । 

    नेपालमा यसअघि आयोजना नभएको सम्मेलनले हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस तथा विश्लेषण गर्ने भएको छ । यस्तै, पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य पनि सम्मेलनको छ । 

    सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि,नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

     सम्मेलनले लिएका  मुख्य उद्देश्यहरु :

    १. नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन गर्ने ।

    २. नेपालमा हरित अमोनियावाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको वारेमा विश्लेषण गर्ने ।

    ३. अन्तर्राष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने ।

    ४. हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने ।

    ५. दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने ।

    ६. ऊर्जाको सहज प्रसारणसम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने ।

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा यतिबेला विश्वव्यापी रुपमा छलफल चलाइएको छ। यस अवस्थामा  हरित हाइड्रोजन सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको अपेक्षा छ । नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ । 

    जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाईअमोनिया उत्पादनमा प्रयोग गर्ने र यसबाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई सम्मेलनको मुख्य मुद्दा बनाइने भएको छ ।  हाइड्रोजनसम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनमा ठोस छलफल हुने भएको ग्लोबल एनआरएन फाउन्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले पत्रकार सम्मेलनमा जनाएकी छन् । 

  • सम्बन्धित विषय:

  • # जलवायु परिवर्तन
  • # ग्रीन हाइड्रोजन समीट,

  • तेस्रो आँखा