आशाको सेयरमा आवेदन दिने अन्तिम दिन

आशाको सेयरमा आवेदन दिने अन्तिम दिन


  • 5.7K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    आशाको सेयरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रिमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

    images

    उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाँहाने लगानीकर्ताहरुले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्ने छन् । 

    संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । 

    उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आजभित्र आवश्यक कागजपत्र संकलन गरेर प्रभु क्यापिटलको केन्द्रिय कार्यलय कमलादी काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार

  • तेस्रो आँखा
    लेखकबाट थप