चौबीस घण्टामा ३८ जना कोरोना संक्रमित थपिए, १ जनाको ज्यान गयो

चौबीस घण्टामा ३८ जना कोरोना संक्रमित थपिए, १ जनाको ज्यान गयो


  • 6.6K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    चौबीस घण्टामा ३८ जना कोरोना संक्रमित थपिए, १ जनाको ज्यान गयो

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । दुई हजार ८१८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images

    एक हजार दुई सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा र एक हजार सात सयजना ३४ को एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । चौबीस घण्टामा ५२ जना डिस्चार्ज भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार १२२ जना रहेको छ ।