• ट्रेण्डिङ्ग :
यस्तो बन्यो ‘के घर के डेरा’... (भिडियोसहित)

यस्तो बन्यो ‘के घर के डेरा’... (भिडियोसहित)


  • 4.4K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    यस्तो बन्यो ‘के घर के डेरा’... (भिडियोसहित)

    काठमाडौं । हास्य विधामा बनेको नेपाली चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा कलाकार विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राईले काठमाडौंमा घर किन्नका लागि संघर्ष गरिरहेको देख्न सकिन्छ ।

    images

    दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्रमा महेश दवाडीको पटकथा र संवाद छ । कार्की र राईसँगै चलचित्रमा वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्रीलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

    ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता भने शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् । कात्तिक ४ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको हास्य चलचित्रमा सिंगे लामाको कथा छ भने दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काले सम्पादनको भूमिका निर्वाह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # के घर के डेरा

  • तेस्रो आँखा