• ट्रेण्डिङ्ग :
नाफिज
तीन आर्थिक पत्रकार पुरस्कृत

तीन आर्थिक पत्रकार पुरस्कृत


‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ खेमराज श्रेष्ठलाई

  • 4.9K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    तीन आर्थिक पत्रकार पुरस्कृत

    नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले  ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ, ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ बाह्रखरी डटकमका विजय पराजुली र ‘टक्सार’ म्यागेजिनका अनुप आचार्यलाई प्रदान गरे ।

    काठमाडौं । नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले  ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ, ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ बाह्रखरी डटकमका विजय पराजुली र ‘टक्सार’ म्यागेजिनका अनुप आचार्यलाई प्रदान गरे ।

    images

    शारदा–ढुण्डीराज पुरस्कारको राशि एक लाख तथा सिविफिन–नाफिज बैंकिङ पुरस्कारको राशि ५० हजार रहेको छ । सो अवसरमा डेपुटी गभर्नर मिश्रले पत्रकारले आर्थिक परिसूचकलाई सबै जनताले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने बताए । 

    बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने बताए । 

    निक्षेप राख्दा अनावश्यक जानकारी पेस गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा पुगेको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’को विमोचन गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # नाफिज

  • तेस्रो आँखा
    लेखकबाट थप